वडाध्यक्ष पोख्रेलद्वारा कबिर स्कुलका बिद्यार्थीहरूलाई पोसाक वितरण

इटहरी । सुनसरीको इटहरी ६ कबिर माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ । इटहरी उपमहानगर अन्तरगत ६ नं वडा कार्यालयले सो विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाइ पोसाक वितरण गरेको हो । आधारभूत शिक्षा तहका कक्षा १ देखि ८ सम्मका ५० जना बिद्यार्थीहरूलाई उपमहानगर आफैले निर्धारण गरेको विद्यालय पोसाक  वितरण गरिएको कार्यक्रम संयोजक सुवास बनले बताए । 

  विद्यालयका विपन्न विद्यार्थी छनौट गरी अध्ययनलाई निरन्तरताको लागि पोसाक प्रदान गरिएको वडाध्यक्ष दिवस पोख्रेलले बताए । सामुदायिक विद्यालयको शिक्षालाई सुधार्न आफू लगायत सिङ्गो उपमहानगरको ध्यान केन्द्रित गरेको बताउँदै शैक्षिक सुधार अभियानमा सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । 

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मिनु न्याैपानेल उपमहानगर अन्तरगत वडा कार्यालयबाट प्राप्त सहयोगको सदुपयोग गर्दै शिक्षा सुधारका लागि स्थानीय सरकारले खेलेको भूमिका महत्त्वपूर्ण रहेकाे उल्लेख गरिन । 

 

प्रतिक्रिया

सम्बन्धित