६० औं बाल दिवसकाे अवसरमा कस्तुरी ट्यालेन्ट हन्ट

इटहरी । इटहरीमा ६० औं बाल दिवसको अवसरमा कस्तुरी कलेजमा विविध कार्यक्रमसहित कस्तुरी ट्यालेन्ट हन्ट (Kasturi Talent Hunt) सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता प्रेम प्रसाद न्यौपानेले गरेका थिए भने प्रमुख आतिथ्यता २०५५ सालको पहिलो ब्याजका विद्यार्थी राजु थापा र सुलेखा चौधरीले गरेका थिए।

विद्यार्थीहरूले वक्तृत्वकला, गायन, र नृत्यजस्ता कलाहरु प्रस्तुत गरेका थिए। प्रतियोगितामा ३ विधामा १०० जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए, जसमा नृत्यतर्फ नितिसा कठायत, गायनतर्फ पेजुङ तामाङ, र कवितामा साइल ढका उत्कृष्ट घोषित भए।

कार्यक्रममा विद्यार्थी संयोजक जीवन कार्कीले स्वागत मन्तव्य राखेका थिए, र शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित