पूजाको प्रसाद खाँदा झापामा एकै टाेलका ५९ जना बिरामी

झापा । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५९ जनालाई बिरामी भएका छन् । अर्जुनधारा– ९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांशलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म छन् । बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ । केहीको बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पताल भर्ना भएका केही भने डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित