सांसद अशोक चौधरीलाई नबिल बैङ्ककाे ३५ दिने अल्टिमेटम : ऋण नतिरे कालोसूचीमा राख्ने चेतावनी

इटहरी । इटहरी उपमहानगरमा बेथिती र भ्रस्ट्रचार भएकाे दावी गर्दै सामाजिक सञ्जालमा बिभिन्न प्रतिकृिया राख्दै आएका संघिय सांसद अशाेक कुमार चाैधरी आफै बिवादित बनेका छन । अरूलाइ भ्रस्ट्रचार गरेकाे दाबी गर्दै आएका सांसद चाैधरी आफैले बैंकबाट लगेकाे ऋण चुक्ता नगरेकाे प्रमाण फेला परेकाे छ । 

नबिल बैंकको तरहरा शाखाले प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीलाई ३५ दिनभित्र ऋण तिर्न अल्टिमेटम दिएको छ। बैंकले भदौ ६ गते सार्वजनिक सूचना प्रकाशित गर्दै चौधरीलाई भुक्तानी नगरे कालोसूचीमा राखिने चेतावनी दिएको हो। यसअघि मौखिक तथा लिखित जानकारी गराउँदा पनि चौधरीले ऋण तिर्न अस्वीकार गरेको बैंकको भनाइ छ।

बैंकले असोज १० गतेसम्म साँवा, ब्याज, हर्जाना ब्याज र अन्य दस्तुर भुक्तानी गर्न आग्रह गरेको छ। भुक्तानी नगरे धितो जफत गरी, त्यहाँबाट पनि कर्जा असुल नभए चौधरी वा उनका जमानतकर्ताको सम्पत्ति बेचेर ऋण असुल गरिने चेतावनी बैंकले दिएको छ।

इटहरी–५ मा रहेको आयुष एण्ड अजेश ट्रेडर्सका मालिक चौधरीले ऋण लिएका हुन्। उनले आफ्नै श्रीमतीलाई जमानत राखी १५ कठ्ठा जग्गा धितो राखेका छन्। बैंकले ऋणको रकम खुलाउन अस्वीकार गरेको छ।

प्रतिक्रिया

सम्बन्धित