प्रीमीयर हाेटल स्कुलद्वारा प्रहरीलाई हस्पिटालिटि म्यानेजमेन्ट तालिम सम्पन्न

इटहरी । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका २१ जना बिभिन्न पदका कर्मचारीहरूलाई एक महिने  हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धी तालीम प्रदान गरिएको छ । मङ्गलवार तालिम समापन समारोहबिच प्रहरीहरूलाइ प्रमाण पत्र वितरण पनि गरिएको छ । नागरिकको जन धनको सुरक्षार्थ अहोरात्र खटिने प्रहरीलाई पर्यटन सँग सम्बन्धित  हस्पिटालिटी म्यानेजमेन्ट तालिम प्रदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीकाे आयाेजनामा इटहरीको प्रीमीयर हाेटल एन्ड स्कुलले प्रहरीहरूलाई सो तालिम उपलब्ध गराएकाे हो । 

प्रहरी सङ्गठन भित्र पनि हस्पिटालिटि सम्बन्धी कामहरू पनि गर्नुपर्ने भएकाेले याे तालिमबाट अझ प्रहरी कर्मचारीहरू अब्बल हुने   जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मीले बताए । उनले तालिममा सहभागी प्रहरीहरूलाई सिकेका सिपलाई जीवनमा उपयोग गर्न सुझाव पनि दिए । 

त्यस्तै कार्यत्रफमका प्रमुख अतिथि जिल्ला प्रशासनको कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदप्रसाद फुयाँलले यो तालिम प्रहरीको जीवनमा निकै लाभदायक हुने महसुस गरेको व्यक्त गरे । उनले सिकेको सिप खेर नजाने भन्दै प्रहरीको जागिर अवकाश पछि पनि आफैले केही गर्न यो सिपले ठुलो मदत पुर्‍याउने उल्लेख गरे । 

प्रीमीयर हाेटल एन्ड स्कुलका प्रमुख सुनिल भुसालको अध्यक्षतामा सम्पन्न तालिम समापन समारोहमा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली , राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका प्रहरी प्रमुख एसपी तुलसी कट्टेल ,४ नं वाहिनी सशस्त्र प्रहरी मुख्यालयका एसपी समयनन्द बज्राचार्य , हाेटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी , हाेटल व्यवसाय सङ्घ इटहरीका अध्यक्ष जयनारायण उपाध्याय , इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले तालिममा सहभागी सबै प्रहरी कर्मचारीहरूलाइ उज्ज्वल भविष्यको शुभकामना प्रदान गरेका थिए । 

साउन १५ गते देखि सुरु भएको तालिममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट २१ जना प्रहरी कर्मचारीहरूले प्रशिक्षण लिएका थिए । प्रहरी कर्मचारीहरूलाइ प्रीमीयर हाेटल एन्ड स्कुलका मुख्य सेफ सुरेन्द्र थापा , त्यस्तै सेफहरू सागर ओझा , आसा कटुवाल लगायतले प्रशिक्षण प्रदान गरेका थिए । 

इटहरीमा बिगत डेढ दशक देखी पर्यटन क्षेत्रमा महत्वपुर्ण योग्दान पुर्याउदै आएको होटल प्रीमीयर एण्ड स्कुलले होटल म्यानेजमेन्ट तथा हस्पिटालिटीको विषयमा बिद्यार्थीहरूलाइ अध्यापन गराउदै आएको छ । स्कुलले तालिम तथा प्रशिक्षण संगै अस्ट्रेलीया , क्यानडा , युएइ जस्ता मुलुकहरूमा नेपाली बिद्यार्थीहरूलाइ यसै विषयमा अध्यनका लागि पठाउने र विश्व बजारमा प्रतिसपर्धा गृन सक्ने जनशक्ती उत्पादन गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित