उपभाेक्ता समितीकाे रकम केहि दिनमै भुक्तानी हुन्छ : मेयर पाैडेल (भीडीयाे )

उपमहानगरसँग पर्याप्त बजेट छ , विकाशे याेजनाकाे काम दशैँ अगावै सुरू हुन्छ

इटहरी । इटहरी उपमहानगरका मेयर हेमकर्ण पाैडेलले पछिल्लाे समय सामाजिक सञ्जालमा चर्किरहेकाे उपभाेक्ता समितीकाे रकम भुक्तानी विवादबारे सकरात्मक सन्देश दिएका छन । कानुनी प्रकृिया र केहि प्राविधिक कारण राेकिएकाे उपभाेक्ता समितीकाे रकम अबकाे केहि दिन देखिनै भुक्तानी सुरू हुने मेयर पाैडेलले भिडियाे सन्देश जारी गरेका छन । 

उपभाेक्ता समितिकाे मात्र नभइ उपमहानगर संग ८१ ।८२ कै विकासे याेजना सम्पन्न गर्ने बजेट पर्याप्त रहेकाेले याे दशै अगावै सबै उपभाेक्ता समितिहरूकाे रकम भुक्तानी भइसक्ने प्रतिवद्धता जाहेर गरेका हुन । उनले कसेकाे अफवाहमा नलाग्न र भडकाएकै भरमा कसैलाइ बिचलीत नहुन उपमहानगरमा रहेका सबै उपभाेक्ता समितीहरूलाइ सन्देश दिएका छन । याे दशै अगावै सबै रकम भुक्तानी भइसक्छ ढुक्क हुनुस मेयर पाैडेलले भने । मेयर पाैडेलले याे दशै अघि देखि नै इटहरी उपमहानगरमा बिकाशे याेजनाका कामहरू पनि सञ्चालन भइसक्ने दाबी गरे । 

प्रतिक्रिया

सम्बन्धित