सुनसरीमा २४ वर्षीया किशाेरीमाथी पटक पटक बलात्कार : गर्भ बसेकाे थाहा पाएपछि कुटेरै गराइयाे गर्भपतन

इटहरी । सुनसरीको  भोक्राहा नरसिंह गाउँपालिकाकी २३ वर्षीय एक युवतीले आफूलाई विवाहको आश्वासन दिएर पटक पटक बलात्कार गरेको र गर्भ बसेको थहा पाएपछि कुटेरै गर्भपतन गराएको गम्भिर अभियोग लगाएकि छिन । इनरूवामा पत्रकार सम्मेलनको आयोजना गर्दै पिडित किशोरीले सुनसरी इनरूवाकै हसबुल मियाँका छोरा २४ वर्षीय इमारान मियाँमाथी यस्तो आरोप लगाएकि हुन । इनरूवा ३ निवासी मियाले आफुलाइ विवाहको प्रलोभन देखाएर पटक पटक बलात्कार गरेको आरोप लगाएकि हुन । 

उनले आफुमाथी मिया परिवारले कुटपिट गरी गर्भपतन समेत गराएको भनी प्रहरीमा उजुरी दर्ता गराएको तर प्रहरीले गर्भपतनको मुद्धा भने दृता नगरेको पत्रकार सम्मेलनमा बताइन । प्रहरीले बलात्कार मुद्धा दर्ता गरेपनि हाल सम्म दोषीलाइ पक्राउ भने नगरेको उनले रूदै सुनाइन । यता आरोपित इमारानका पिता हसबुल मियाँले भने युवतीको कुरा नसुन्न आग्रह गरे उनले आफुहरूमाथी लगाएको सबै आरोप निराधार र हल्ला मात्र रहेको दाबी गरे । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले भने घटनाबारे उजुरी परिसकेकोले आवस्यक कार्वाहि प्रकृिया र अनुशन्धानको प्रकृिया अघी बढाइसकेको बताए । घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको डिएसपी भण्डारीले बताए । 

प्रतिक्रिया

सम्बन्धित