पल शाह भन्छन : काठमाडाैंमा घर बनाउने सपना थीयाे तर एउटै मुद्धाले सबै सपना चकनाचुर बनाइदियाे

काठमाडाैं । अभिनेता पल शाहले बलात्कार मुद्दा लड्नुपर्दा ठूलो खर्च भएको र त्यसैका कारण काठमाडौँमा घर बनाउने योजना भताभुंग भएको गुनासो गरेका छन्।  

एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा परेपछि पल एक वर्ष जेल बसेका थिए। तर पछि उच्च अदालत पोखराले सफाइ दिएपछि उनी कारागारमुक्त भएका थिए। त्यसयता उनले आफ्नो अभिनय कर्मलाई निरन्तरता दिइरहेका छन्। 

हाल उनी फिल्म ‘रावायण’को प्रमोसनमा व्यस्त छन्। यसै क्रममा एक युट्युबलाई अन्तर्वार्ता दिने क्रममा उनको मुद्दाका विषयमा पनि प्रश्न गरिएपछि पलले त्यसबाट आफूलाई ठूलो आर्थिक क्षति भएको दुखेसो पोखेका हुन्। 

‘सबै राम्रो भइरहेको थियो। हामी काठमाडौँ घर बनाउने तर्खरमा थियौँ। जग्गा पनि लिएर रेडी भएको थिएँ’, पलले भनेका छन्, ‘तर, त्यो घटना (बलात्कार मुद्दा) भयो। अनि त भएको सबै सेभिङ (बचत) सकियो। अकाउन्ट रित्तिएर पनि म माइनसमा गएँ।’बहसका लागि आउने वकिलहरूको शुल्क र भाडामा ठूलो मात्रामा रकम गएको उनको भनाइ छ। 

‘हामीले सर्वोच्चकै ‘ए’ ग्रेडका ४/५ जना वकिल हायर गरेका थियौँ। बाँकी लोकल वकिलहरू पनि थिए’, उनले भनेका छन्, ‘प्रत्येक बहसमा वकिललाई काठमाडौँबाट ल्याउनुपर्‍यो। प्लेन टिकट काट्नुपर्‍यो। वान वे टिकटकै ५ हजार पर्छ। राम्रै होटलमा राख्नुपर्‍यो। एकपटकमा १० जना वकिल हुन्छन्। एक वकिलले न्यूनतम एक लाख लिन्छन्। यसरी एकपटकमै १०/१५ लाख सकिन्थ्यो। एक वर्षभित्र ४०/५० पटक बहस भयो होला।’ 

अब काठमाडौँमा घर बनाउन अझै केही वर्ष लाग्ने देखिएको पलले बताए।‘तपाईंहरूको आशीर्वाद भयो र सबै काम राम्रो हुँदै गयो भने केही वर्षमा हुन्छ’, उनले भनेका छन्, ‘पहिले घाटामा गएको चिजहरू फुलफिल गर्न बाँकी छ।’ 

प्रतिक्रिया

सम्बन्धित