पलेशालाई प्रचण्डको सम्मान

काठमाडौं । पाराओलम्पिकमा नेपाललाई पहिलो पटक पदक दिलाउने पलेशा गोवर्धनलाई पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका छन् । 

आफ्नो निवास खुमलटारमा प्रचण्डले पलेशासहित कोच, व्यवस्थापक र पलेसाका बुवालाई सम्मान गरेका हुन् । पलेशाले पेरिसमा भएको पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा काँस्य पदक जितेकी थिइन् । जुन नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो ।

पलेसालाई ६५ लाख पुरस्कारसहित सम्मान गर्ने सरकारले जनाएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख,  रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित