सुनको मुल्यमा अर्काे किर्तीमान , तोलाकै पुग्याे १ लाख ५३ हजार ३ सय रूपैया

 इटहरी । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत भदौ १३ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।  त्यस दिन छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित