एमाले पोलिटब्यूरो बैठक आज पनि, वार्षिक कार्ययोजनामा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो बैठक दिउँसो साढे १२ बजे बस्ने छ  । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आ–आफ्नो सुझाव दिने कार्यतालिका रहेको बताए । उनका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टयाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने जनाइएको छ ।  

आजसम्म चल्ने पोलिटब्यूरो बैठकको समापन समारोहलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको कार्यालय सचिव डा. अधिकारीले बताए । 

प्रतिक्रिया

सम्बन्धित