भगवती मावि बेलबारीका शिक्षक कोईराला पक्राउ

बेलबारी । एक बिद्यार्थीलाई कुटपिट गरी बेहोस बनाएपछि मोरङको बेलबारी ३ स्थित भगवती माविका शिक्षक चित्र कोईरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा ९ मा अध्यायनरत १४ बर्षिया एक छात्रालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि उनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि बिराटनगरस्थित नोबेल अस्पताल लगिएको छ । बेलुका ४ बजे कुटपिट गरिएकी बालिकाको अहिले सम्म होस आएको छैन ।बेलबारी ३ स्थित खोरिया टोलकी ति बालिकालाई बिना कारण कुटपिट गरिएको बालिकाका परिवारका सदस्यहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित