सुनचाँदीको मूल्य स्थिर

इटहरी । सुन र चाँदी दुवैको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुन सोमबारकै मूल्यमा कारोबार भएको हो। अर्थात् सुन १ लाख ५२ हजार र चाँदी १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४९४ अमेरिकी डलर र चाँदी २८.३६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित