फेरि घट्यो सुन र चाँदीको मूल्य, आज कति?

इटहरी । सुन र चाँदीको मूल्य फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ३ सय र चाँदी २० रुपैयाँले सस्तो भएको हो। योसँगै सुन १ लाख ५२ हजार र चाँदी १ हजार ७ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

अघिल्लो दिन सुन १ लाख ५२ हजार ३ सय र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४९६ अमेरिकी डलर र चाँदी २८.४१ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित