हरियाणामा गाईको मासु खाएको आशंकामा कुटीकुटी युवकको हत्या, यस्तो छ घटना

एजेन्सी । भारतको दिल्लीबाट करिब १५० किलोमिटर टाढा हरियाणाको चरखी दादरीको बधरा क्षेत्रमा गौ संरक्षणमा संलग्न केही व्यक्तिले बंगालका एक मुस्लिम युवकलाई कुटीकुटी मारे।घटना गत अगस्ट २७ तारिखको हो।

फोहर संकलन गर्ने ती मुस्लिम युवक परिवारसहित चरखी दादरीको बस्तीमा बस्थे। उनको नाम साबिर मलिक रहेको बताइएको छ, जो मूल रूपमा पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाका बासिन्दा थिए।गाई संरक्षणमा संलग्न व्यक्तिहरूले एउटा भाँडोमा मासुको टुक्रा फेला पारेपछि उनीहरूले त्यो गाईको मासु भएको आशंका गरेका थिए।

त्यसपछि अगस्ट २९ तारिख प्रहरीले दुई नाबालिगसहति ७ जनालाई पक्राउ गरेको थियो।दुई नाबालिगबाहेक ५ अभियुक्त अगस्ट ३१ मा एक युवकलाई लाठीले कुटिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।जसमा २४ वर्षीय साबिर मलिकलाई केही युवाले लाठीले कुटेको र केही स्थानीयले बचाउन खोजेको देखिन्छ।

उक्त घटनामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पार्टीका नेताहरूलाई पीडित परिवारलाई भेटेर क्षतिपूर्ति दिन आग्रह गरेकी छन्।हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले घटनालाई दुर्भाग्यपूर्ण भनेका छन्। 

प्रतिक्रिया

सम्बन्धित