रियल म्याड्रिडको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका हुन् । उनले खेलको ६७औं र ७५औं मिनेटमा गोल गरेका थिए । ला लिगामा एम्बाप्पेको चौथो खेलमा पहिलो पटक गोल गरेका हुन् । 

रियल म्याड्रिडको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि चार खेलमा रियल म्याड्रिडको ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै रियल बेटिसको भने ३ खेलमा २ अंक रहेको छ ।
    

प्रतिक्रिया

सम्बन्धित