तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदीको कति?

इटहरी । सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ६ सय र चाँदी २५ रुपैयाँले सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै सुन तोलाको १ लाख ५२ हजार ३ सय र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ। 

शुक्रबार सुन १ लाख ५२ हजार ९ सय र चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५०३ अमेरिकी डलर र चाँदी २८.८६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

सम्बन्धित