सुन्दरहरैचामा नावालिका छोरीहरूलाई विष खुवाएर हत्या , केराघारीमा भेटियो शव आमा फरार

इटहरी । मोरङको सुन्दरहरैंचा ७ स्थित एक केराघारीमा शनिवार साँझ दुई जना नावालिकाकाे शव फेला परेको छ । धनकुटा पाख्रिवास ५ डिकुरे घर भई मोरङ सुन्दरहरैंचा ७ मालती टोलमा डेरा गरी बस्दै आएका अर्जुन कार्कीको १ वर्षीया आयन्ता कार्की र ३ वर्षीया अपर्णा कार्की मृत अवस्थामा फेला परेको   जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

सुन्दरहरैचा ७ मालती टोलकै एक केराघारीमा नावालिकाहरूकाे शव फेला परेको हो । शवको प्रकृिती हेर्दा कसैले विष खुवाएर हत्या गरेको जस्तो देखिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनापछि बच्चाहरूको आमा २१ वर्षीया अस्मिता पौडेल भने फरार रहेको प्रहरीबाट बुझिएको छ । बच्चाहरूलाई अमाले नै विष खुवाएर हत्या गरी फरार भएको हुन सक्ने प्रहरी भनाइ छ ।  फरार आमा पौडेलको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित