सुनसरीमा चट्याङ लागेर एकको मृत्यु

सुनसरी / सुनसरीको कोशी गाउँपालिका ४ मा चट्याङ लागेर आज (शुक्रबार) एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित