माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकमा गीता तिम्सिना

इटहरी : नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकमा गीता तिम्सिना चयन भएकी छन् । प्रदेशसभा सचिवालय दलको कार्यालयमा शुक्रबार बसेको संसदीय दलको बैठकले तिम्सिनालाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।

माओवादीले दलको उपनेता भने चयन गरेको छैन । हालसम्म जिम्मेवारी बाँडफाँड नभएको भन्दै संसदीय दलका नेता इन्द्र आङ्बोको आलोचना हुँदै आएको थियो । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा माओवादी सत्ता पक्षमा रहेपनि शुक्रबारबाट भने प्रतिपक्षको बेन्चमा बसेको छ ।

प्रतिक्रिया

सम्बन्धित