इटहरीकाे जुवा खालमा प्रहरीकाे छापा : ३६ हजार नगद सहित १३ जना पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगर २ शान्ति चौकको एक स्थानीयको घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा गएकाे इटहरी प्रहरीको टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट ३६ हजार नगद र विभिन्न मोडलका मोबाइलहरू बरामद गरेको छ ।

पक्राउ परेका १३ जनाको नाम भने प्रहरीले गोप्य राखेको छ । प्रहरी नियन्त्रणमा रहेका १३ जनालाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित