झापामा भिडियो कल गरेर छिमेकी महिला र पुरुषले फाले ज्यान

झापा । झापाको अर्जुनधारामा भिडियो कल गरेर छिमेकी महिला–पुरुषले ज्यान फालेका छन् । झापा अर्जुनधाराकी एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेरको तीन घण्टा पछि छिमेकी पुरुषले पनि आत्महत्या गरेका हुन् ।

अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ वर्षकी नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेपछि आत्महत्या गरेकी थिइन् । पुजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा छोरी र श्रीमती नभएको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको पाइएको हो । पाठकले वाट्सएपमा ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । प्रहरीले उनीहरुबीच बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ । प्रहरीले दुवै शवलाई पोष्टमार्टमको लागि पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित