एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय, ब्याजसहित चार किस्तामा रकम बुझाउने सुबिधा

काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो । सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो । एनसेलले नवीकरणबापत तिर्नुपर्ने रकम चार किस्तामा १० प्रतिशत ब्याजसहित बुझाउनुपर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

एनसेलले लाइसेन्स नवीकरण गर्दा २० अर्ब बुझाउनुपर्नेमा एकै पटक सो रकम तिर्न नसक्ने भन्दै किस्ता बन्दीमा तिर्न सुबिधा मागेको थियो । एनसेलले गत जेठमै पहिलो किस्ता स्वरूप चार अर्ब बुझाएर किस्ताको सुबिधा मागेको थियो । एनसेलले लिएको लाइसेन्सको २० बर्षे अवधि भदौ १५ गते सकिदै थियो ।

प्रतिक्रिया

सम्बन्धित