धरानमा बाढीले बगाउँदा विद्यालयबाट घर फर्कँदै गरेका रोशनको मृत्यु

सुनसरी /  धरानमा बाढीले बगाउँदा एकको बालकको मृत्यु भएको छ ।  बिहीबार दिउँसो भारी वर्षासँगै आएको  बाढीले धरान ऐश्वर्य मार्ग स्थित ड्रेनमा बगेर विद्यालयबाट घर फर्कँदै गरेका वडा नं १७का १४ वर्षीय रोशन लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शव वडा १७ को ठकुरी खोलामा झ्यासमा अड्किएको अवस्थामा भेटिएको थियो । शव  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बालक भिक्टोरी स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए ।

प्रतिक्रिया

सम्बन्धित