झापा बुद्धशान्तिका पौडेलको कतारमा निधन

झापा । झापाका सागर पौडेलको कतारमा निधन भएको छ । वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि कतार गएका उनको शव नेपाल ल्याइसकिएको छ । झापा बुद्धशान्ति-४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी अस्पताल हमादमा निधन भएको थियो । उनी आज दाहसंस्कार हुनेछ ।

लामो समयदेखि पेटको समस्याबाट ग्रसित पौडेल कतार आएको १५ दिनमै बिरामी परेका थिए । कतारमा रहुन्जेल इन्स्योरेन्स तथा हेल्थ कार्डमार्फत उपचार गराएका पौडेलको गत शनिकार निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित