खेलको क्रममा मैदानमा लडेका उरुग्वेका २७ वर्षीय डिफेन्डर जुआनकाे निधन

एजेन्सी । उरुग्वेका डिफेन्डर जुआन इज्क्विएर्डोको निधन भएको छ । २७ बर्षीय डिफेन्डर जुआन अगस्त २२ मा आफ्नो कोपा लिबेर्टाडोरेज अन्तर्गत क्लब नासिओनलको ब्राजिलियन क्लब साओ पाउलोविरुद्ध खेल्ने क्रममा मैदानमा लडेका थिए ।

खेलको ८४औं मिनेटमा मैदानमा लडेका जुआनलाई तत्काल मैदान बाहिर लगेर एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको थियो । अस्पतालले जुआनको ब्रेन डेड भएका कारण मृत्यु भएको जानकारी दिएको छ । जुआनको निधन भएको खबरपछि उरुग्वेको फुटबल फेडेरेसनले यो खबर अत्यन्त दुःखद भएको उल्लेख गरेको छ । एशोसियसनले अहिले दक्षिण अमेरिकी फुटबल दुःखमा रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित