विवाहेत्तर सम्बन्धका कारण आमाले नै गरिन् नाबालिका छोरीको हत्या, सुटकेशभित्र भेटियो शव

एजेन्सी । आमाले आफ्ना सन्तानका लागि आफ्नै ज्यान दिन तयार हुन्छन् । तर संसार यस्तो मात्र छैन । ज्यान दिने आमाले कहिलेकाही आफ्नै सन्तानको ज्यान लिएका घटनाहरु पनि छन् । यस्तै घटना भारतमा घटेको छ । विवाहेत्तर सम्बन्धका कारण एक महिलाले आफ्नै तीन वर्षीय छोरीको निर्मम हत्या गरेको घटना बाहिर आएको छ ।

भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको हो । प्रहरीले हत्या आरोपमा मृतक बालिकाकी आमा काजललाई पक्राउ गरेको छ । बिहीबार बिहान बालिकाको शव एउटा बन्द सुटकेसभित्र भेटिएको थियो । प्रहरीले उक्त शव मनोजकुमार र काजलकी छोरीको भएको पत्ता लगायो । मनोजकुमारसँग सोधपुछ गर्दा उनले काजलमाथि आफूलाई शंका लागेको बयान प्रहरी समक्ष दिएका थिए ।

घटनापछि फरार काजललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काजल विगत एक वर्षदेखि रामपुरहारी थाना क्षेत्रका एक युवकसँग प्रेम सम्बन्धमा रहँदै आएको खुलासा भयो । काजल ती युवकसँग विवाह गर्न चाहन्थिन् । तर ती युवकले काजलकी छोरीलाई साथमा राख्न नचाहेका कारण छोरीको हत्या गरेर सुटकेशमा शव हालेर फालिदिएको खुलासा भएको हो । छोरीको हत्यापछि काजल आफ्नै प्रेमीको घर पुगेकी थिइन् । प्रहरीले उनलाई प्रेमीकै घरबाट नियन्त्रणमा लिएको हो । उनले हत्या आफैले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित