सङखुवासभाबाट इटहरी आउदै गरेकाे बाेलेराे धनकुटाकाे फोक्लेन टापु भीरबाट खस्याे

सबै यात्रु सकुशल

इटहरी । धनकुटामा १० जना सवार गाडी भीरबाट करिब १०० मिटर तल खसेको छ।संखुवासभाको उम्लिङबाट इटहरी  आउदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी धनकुटा नगरपालिका वडा नम्‍बर ६ फोक्लेन टापुमा ब्रेक फेल भएर भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएकाे छ ।  

गाडीमा चालकसहित १० जना सवार थिए। त्यसमध्ये दुई जना बालक सामान्य घाइते भएका र उनीहरू जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेका एसपी चौधरीले बताए। प्रहरीका अनुसार ब्रेकमा समस्या भएपछि गाडीलाई मर्मत सेन्टरमा लगेर पार्किङ गर्नेक्रममा गाडी पल्टिएको जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित