भारत विहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना : ३० बढी घाइते, पाँचको अवस्था गम्भीर

काठमाडाैं । भारतको बिहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा परेको छ । आइतबार बिहान बस दुर्घटना भएको हो । बसमा करिब ४३ यात्री सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएकाहरूलाई बिहारको समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ । ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित