न्युरो अस्पतालकाे २४ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

 बिराटनगर । नेपालमै पहिलो पटक न्युरोलोजी सेवा प्रदान गर्ने अस्पतालको रुपमा प्रख्यात न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालीटी अस्पताल २४ बर्ष पुरा भएको छ ।   शनिबार २४औं बार्षिकोत्सवको अवसरमा अस्पतालले अस्पतालमा भर्ना भएका बिरामीहरु तथा बिरामीका कुरुवाहरुलाई फलफुल तथा खाजा बितरण गरेका थिए ।

त्यसैगरि एक कार्यक्रमको आयोजना गरि आफना २४ जना कर्मचारी लाई बिशेष कदर पत्र प्रदान गरेको छ । सम्मानित कर्मचारीहरुलाई अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट, कार्यकारी निर्देशक डा. अनिशा बिष्ट, मेडिकल डाइरेक्टर तथा बरिष्ठ फिजिसियन डा. बिबेक कट्टेलले प्रमाणपत्र बितरण गरेका थिए । सोहि कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले अस्पतालले बिरामीहरुको स्वास्थ्य र कल्याणलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दे आएको बताउनु भयो ।

आफनो बार्षिकोत्सवको अवसर पारेर अस्पतालले टाउको दुखाइको बिरामीहरुको लागी मिती २०८१ साल भाद्र ९ गते देखि भाद्र १४ गते सम्म बरिष्ठ बिशेषज्ञ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट तथा बिशेषज्ञ न्युरोलोजिष्ट डा. सुनन्द पौडेलको ओपिडी सेवा निःशुल्क गरेको छ । त्यसैगरि सोही अवधी भर २४ वटा बिशेष जाँचमा २४५  छुटको व्यवस्था पनि गरेको छ । 

बार्षिकोत्सवकै अवसर पारेर अस्पतालले एक हप्ता सम्म घरदैलो कार्यक्रम गर्ने समेत जनाएको छ । अस्पताल रहेको वडा नं १० मा रहेको घर घर गई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा छुट सहितको कार्ड बितरण गर्ने जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित