कोरियामा मृत्यु भएकी सोनुको आज इलाममा अन्त्येष्ठि

इलाम / दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। आज उनको दाहसंस्कार गरिने परिवारले जनाएको छ। विद्यार्थी भिसामै गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको थियो। उनी कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्।

प्रतिक्रिया

सम्बन्धित