सहकारीले बचतकर्ताको रकम फिर्ता गराउन नसक्दा धरानका पहाडीले आत्महत्या गरेको खुलासा

धरान: चतरा स्थित कोशी मूल नहरको इन्टेकमाथि भदौ ४ गते दिउँसो सप्तकोशीमा हाम्फालेर आत्महत्या गरेका धरानका ५२ वर्षीय नेत्रप्रसाद पहाडीले सहकारीले रकम फिर्ता नगर्दा आत्महत्या गर्न बाध्य भएको परिवारले दाबी गरेको छ।

बराह बचत तथा ऋण सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गराउन नसकेपछि पहाडी आत्महत्या गर्न बाध्य भएको परिवारले बताएको हो। पहाडी दम्पती दुवै जना बराह सहकारीका कलेक्टर थिए। धरान-१६ मा डेरा गरी बस्ने नेत्रप्रसादकी श्रीमती मेनुकादेवी धमला पनि बराह सहकारीमा कलेक्टरको रूपमा काम गर्थिन्। धमलाले मासिक ३० देखि ४० लाख रुपैयाँसम्मको बचत उठाउँथिन्।

नेत्रप्रसादलाई पेटसम्बन्धी रोगले सताउन थालेपछि २०७२ सालदेखि रोगले गम्भीर च्यापेपछि उनले घर नजिकै बचत रकम उठाउने गर्थे। बराह सहकारी डुबेपछि, पहाडीले बचतकर्ताहरूको रकम उठाएर बुझाउने काम गरे तापनि पछि सहकारी पूरै डुबेपछि बचतकर्ताहरूले रकम फिर्ता माग्न थाले।

बचतकर्ताहरूको दबाब बढ्दै गएपछि पहाडीले सहकारीका अध्यक्ष मान बहादुर दियाली, गङ्गा कालिकोटे, र सिइओ लामिछानेलाई भेटे तापनि बारम्बार आश्वासन मात्र पाएका थिए। लामो समयसम्म रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले पहाडीको घरमा धावा बोल्न थाले।

मेनुकादेवीले भनिन्, “मेरो स्वास्थ्यस्थिति कमजोर भएकाले श्रीमानले बचतकर्ताको दबाब सहनु परिरहेको थियो।” उनले थपिन्, "श्रीमानले ब्याज तिर्न खोजे तापनि स्वास्थ्य बिग्रँदै गएपछि सानो आन्द्रामा समस्या भएर अप्रेसन गर्नुपर्‍यो। अप्रेसन भएको एक हप्तासम्म पनि नबित्दै, उनले फोनमा भनेका थिए, 'के गर्दैछ्यौ, ब्याग फेर्‍यौ, बाबुहरू कता छन्? म ५ बजे तिर आउँछु।' तर आधा घण्टापछि फेरि श्रीमानकै मोबाइलबाट फोन आयो र प्रहरीले ‘तपाईंको श्रीमान् सप्तकोशीमा हाम्फालेको’ भन्ने खबर सुनायो।"

प्रतिक्रिया

सम्बन्धित