सामुहिक बलात्कार काण्डमा लंका होटलका दुई कर्मचारीसहित ६ जना पक्राउ

झापा । झापाको अर्जुनधारामा शुक्रबार राती भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन् । अर्जुनधारा–५ की १६ वर्षीया युवतीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

अहिलेसम्म पक्राउ पर्नेको संख्या छजना पुगेको छभने एकजना अझै फरार रहेका छन् ।पक्राउ पर्नेमा अर्जुनधाराको लंका होटलमा कुकको काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेका छन् । घटनामा संलग्न अर्जुनधाराकै संजिव तामाङ फरार रहेको प्रहरीले जनाएको छ ।

त्यसअघि प्रहरीले हिजो बिहानै नै सोही घटनामा चारजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अर्जुनधारा–७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजबंशी पक्राउ परेका थिए । युवतीका अनुसार घटनामा संलग्नमध्ये चिनजनका दईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए । सोही स्थानको लंका होटलमा खाजा खाएर उनीहरु साँझमा एकछिन घुम्न भन्दै नयाँ बाख्रा हट्टीतिर लागे । एकान्त त्यस स्थानमा राती मानिसको आवत जावत हुँदैन । त्यहा चारजनाले पालै पालो उनीमाथि जवरजस्ती करणी गरे । उनले चारजनासँग प्रतिवाद गर्न सकिनन् ।

प्रहरीका अनुसार त्यसपछि पीडितलाई अर्जुनधारा–७ स्थित लंका होटलका कुक सुदिप श्रेष्ठ र सुजन डाँगी र सोही स्थानका संजिव तामाङले लंका होटल रिसोर्टमा सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले पीडितलाई शारीरिक परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । फरार संजिव तामाङको खोजतलास जारी रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित