तमोर नदीले बगाउँदा आठराईका ओली बेपत्ता

तेह्रथुम । तमोर नदीले बगाउँदा आठराई गाउँपालिका-५ छातेढुंगाका जीवन ओली बेपत्ता भएका छन् । छातेढुंगाको पिनासी घाटमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो ११ बजे १७ वर्षीय ओलीलाई तमोरले बगाउँदा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजार निरीक्षक बद्री दाहालले जानकारी दिए ।


बेपत्ता भएका ओली घरबाट बाख्रा चराउन तमोर किनारमा गएका थिए । बेपत्ता भएका ओलीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित