धनकुटामा छोरीको उपचार गर्न आएका बाबू आफै पिकअप दुर्घटनामा बाटैमा अस्ताए !

धनकुटा : धनकुटाको साँगुरीगढी ३ बाट नाम्जेतर्फ आउँदै गरेको बोलेरो पिकअप दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । पिकअप भीरबाट खस्दा एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।साँगुरीगढीको मुक्तेनबाट नाम्जे आउँदै गरेको को २ च ११०५ नम्बरको पिकअप भीरबाट सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा साँगुरीगढी ६ का ३४ वर्षीय नीरबहादुर मगर रहेका छन् । घटनामा ३९ वर्षीय मीना मगर र ६ वर्षीया श्रेया मगर घाइते भएका छन् ।

मृतक नीरबहादुर र मीना श्रीमान–श्रीमती हुन् भने श्रेया छोरी हुन् । श्रेयाको उपचार गर्न उनीहरू आउँदैथिए । मीना र श्रेया ड्राइभर बस्ने सिट नजिकै बसेका थिए भने नीरबहादुर पिअकपको डालामा बसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।पिकअप चालक उदयपुरगढी ७ का २४ वर्षीय अमिर मगरलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित