सुत्केरी महिलाको मृत्यु भएपछि विराट शिक्षण अस्पताल तनावग्रस्त

विराटनगर /  मोरङको विराट शिक्षण अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त अवस्था सिर्जना भएको छ। सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ की २५ वर्षीया सवना खातुनको प्रसूतिपश्चात निधन भए पश्चात नावग्रस्त अवस्था सिर्जना भएको हाे । 

खातुनलाई बिहीबार साँझ प्रसूतिको लागि अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार शुक्रबार दिउँसो भ्याकुमको सहायता लिँदै बच्चा जन्माइयो। उनले छोरालाई जन्म दिएकी थिइन्, तर आमा र बच्चाको स्वास्थ्य स्थिति बिग्रिएपछि साँझ ५ बजे खातुनलाई आईसीयूमा भर्ना गरिएको थियो। अस्पतालले केहि समयमै सवना खातुनको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि, शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

सवना खातुनको निधनलाई चिकित्सकीय लापरवाहीको कारण भन्दै उनका परिवार र आफन्तहरूले नाराबाजी र विरोध प्रदर्शन सुरु गरेपछि अस्पतालको वातावरण तनावग्रस्त बनेको हाे। पीडित परिवारले दोषी चिकित्सकलाई कारबाही गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, र बच्चाको पालनपोषणको व्यवस्था गर्न माग गरेका छन्। 

अस्पतालमा तोडफोडको सम्भावनालाई ध्यानमा राख्दै मुख्य गेटमा ताला लगाइएको थियाे र आवतजावत बन्द गरिएकाे थियाे।  कुनै अप्रिय घटना नहोस् भन्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अस्पतालका संयोजक सुनील देवले उपचारमा कुनै लापरवाही नभएको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित