राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार केनेडी जुनियरको ट्रम्पलाई समर्थन

अमेरिका। अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । योसँगै रोबर्ट एफ केनेडी जुनियरले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एरिजोनामा आयोजित र्‍यालीमा उनले ट्रम्पसँग स्टेज पनि सेयर गरेका थिए ।

रोबर्ट एफ केनेडी जूनियर पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका वंशजका हुन् । ७० वर्षीय केनेडी यसअघि डेमोक्रेटिक पार्टीका सदस्य थिए तर सिद्धान्तको द्वन्द्वका कारण उनले पार्टी छाड्ने निर्णय गरेका थिए । उनको र्‍यालीको मञ्चमा स्वागत गर्दै ट्रम्पले केनेडीलाई अभूतपूर्व र प्रतिभाशाली नेताको रूपमा पनि वर्णन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित