तरकारी बाेक्ने ट्रकबाट समातीयाे १४ सय २० किलो गाँजा , धनकुटा र भेडेटारबाट फुत्कियाे धरानमा समातीयाे

गछीयााका राजकुमार दाहाल सहित २ जना पक्राउ

इटहरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ साराङगबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्यउदै गरेको गाँजा प्रहरीले बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरा संगै लोड गरीएको ४४ वटा सेतो बोरामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा १४ सय २० किलो लागूऔषध गाँजा सहितमोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ बर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ४१ बर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको गाँजा, ट्रक र मानीसहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित