साफ यू–२० च्याम्पियनसिप: आज भारत र माल्दिभ्स भिड्दै

काठमाडाैं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा आज (शुक्रबार) भारत र माल्दिभ्स भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ। सेमिफाइनलमा पुग्नका लागि समूह बी का तीनै टोलीको बाटो खुला छ। 

आजको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरे समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ। माल्दिभ्सले भारतविरुद्ध जित निकाले पनि हेड टु हेडमा भुटान सेमिफाइनलमा पुग्नेछ। यद्यपी फराकिलो अन्तरको जितले भने माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना जिवित छ। पहिलो खेलमा भुटानलाई २–१ ले पराजित गरेको भारतीय युवा टोलीले माल्दिभ्सलाई पनि पराजित गर्दै अपराजित रहेर सेमिफाइनल खेल्न चाहन्छ। 

उता पहिलो खेलमा भुटानसँग २–१ ले नै पराजित भएको माल्दिभ्स आजको खेलमा भारतीय युवा टोलीमाथि फराकिलो जितको आशामा मैदान उत्रदैछ। समूह बीको विजेता टोलीले समूह ए को उपविजेता बंगलादेशविरुद्ध खेल्नेछ। समूह उपविजेता हुने टोलीले भने समूह बी को विजेता टोली नेपालसँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित