दुई पक्षीय वार्तापछि खुले कटहरियाका बिद्यालय

रौतहट । तलव भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका कटहरिया नगरपालिकाका बाल विकास शिक्षिका र विद्यालय कर्मचारीहरु र जनप्रतिनिधिबीच वार्ता सफल भएको छ । दुईपक्षीय वार्तापछि आन्दोलनकारीले नगरक्षेत्र भरीको विद्यालयमा बुधबार गरेको तालावन्दी खोलिएको छ। ताला खोलिए संगै बिहिवार देखी विगत झैँ पठनपाठन सुरुभएको नगर शिक्षा संयोजक अनील कुमार निधिले बताएका छन् । मेयर जयप्रकाश जैसवाल उपमेयर रिता देवी यादव निलम्बित रहेको अबस्थामा वडा अध्यक्षहरु, नगर शिक्षा संयोजक र आन्दोलनकारीबीच कटहरिया नगरपालिकाको सभाकक्षमा बार्ता भएको थियो।

दुईपक्षीय बार्तामा आउने असोज १६ गते भित्र बाल विकास क्षिक्षिका र सम्पूर्ण बिद्यालय कर्मचारीको बक्यौता तलब भत्ता उपलब्ध गराउने सहमती भएको बैठकमा सहभागी वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन । त्यसैगरी नगरभरिका सम्पुर्ण करारका कर्मचारीलाई तलब ख्वाउने र नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार बाल विकास शिक्षिका र विद्यालय कर्मचारीलाई तलब भत्ता उपलब्ध गराईने सहमती भएको वडा अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्। बुधबार कटहरिया नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा कर्मचारी र शिक्षिकाले बिद्यालय समय अगावै बिद्यालयहरुको मूल गेटमा तालावन्दी गरेको कारण  पठनपाठन अवरुद्ध भएको थियो। बुधबार कटहरियाको सम्पूर्ण माबी ५ निमाबि ५ र प्राबी १४ गरी २४ विद्यालयको पठनपाठन हुन सकेको थिएन।

तलव भत्ताको माग गर्दै उनीहरू पछिल्लो एक महिना देखि आन्दोलित भएका थिए। जनै पूर्णिमा संगै रक्षाबन्धन पर्व परेका दिन सरकारले सार्वजनिक बिदा दिएको थियो ।हिमाल देखी तराईसम्मका दिन्दु धर्मावलम्बीहरु आआफ्नो रिती अनुसार पर्व मनाएका थिए। तर कटहरिया स्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा बिधालय कर्मचारी  धर्नामा बसेका थिए। गत मंगलबार सम्म तलब भत्ता नपाएमा हिजो बुधवार देखि नगरको सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गर्ने अग्रिम घोषणा संगै प्रेस विज्ञप्ती जारी गरेका थिए।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९-०८० को वैशाख देखि अषाढ मसान्त सम्मको न्यूनतम थप तलव , यस आर्थिक वर्षको वैशाख देखि हालसम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम पाउन सकेका छैनन्। कटहरिया स्थित सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी  ६४  जना कार्यरत रहेका छन ।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै ३ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा बिधालय कर्मचारी तलब सुबिधा पाउन बाट बञ्चित भएका छन। गत आर्थिक बर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुबिधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ। करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले बार्षिक करोडौं रकम निकासा गराउँछन्। तर दिनरात मिहिनेत गरेका बिद्यालय कर्मचारी तथा बालविकास शिक्षिकाको तलब भत्ता निकासा गराउन नसकेको पीडितहरुको दाबी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित