कीर्तिमानी विन्दुबाट थाेरैले झर्याे सुनको मूल्य, अब ताेलाकाे कति ?

इटहरी । सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेर ओर्लिएको छ। बुधबार १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ हजार १ सय रुपैयाँले सस्तो भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। यसअनुसार ५ रुपैयाँले घटेको चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन सुन २ हजार ५०० डलर र चाँदी २९.४२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित