कलाकार विपिन कार्कीलाई जन्मदिनमै मातृशोक

काठमाडौँ । कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको हो । पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको थियो । 

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो । बिपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।कलाकार कार्कीको आज जन्मदिन पनि हो ।

प्रतिक्रिया

सम्बन्धित