दमक–चिसापानी सडक : ३२ वर्षमा २ किलाेमिटर सडक कालाेपत्रे , सकीयाे १ अर्ब बढि रकम

झापा । तीन दशक अघिदेखि निर्माणाधीन दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) अन्तर्गत दुई खण्डको ठेक्का तोडिएपछि सडक निर्माण कार्य फेरि अनिश्चित बनेको छ। झापा, इलाम, र पाँचथर जिल्लालाई जोड्ने यस सडक परियोजना प्रत्येक चुनावमा मुख्य एजेन्डा बन्ने गरेको भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माण कार्य बारम्बार अलपत्र परिरहेको छ।

गाउँपालिकाको अध्यक्ष हेमन्त राईका अनुसार, बर्सातको समयमा यो सडक प्रयोग गर्न निकै कठिनाई हुने गरेको छ। गाउँपालिकाले बेला बेलामा बजेट विनियोजन गरेर पहिरो र हिलो पन्छाउने कार्य गर्दै आएको भए पनि स्थायी समाधान भने हुन सकेको छैन। उनले निर्माण व्यवसायीले बारम्बार प्रतिबद्धता जनाए पनि काम पूरा नगर्ने गरेको गुनासो गरे। हाल ठेक्का तोडिएपछि पुनः निर्माण कहिले सुरु हुने भन्ने विषयमा अनिश्चितता रहेको छ।

सडक डिभिजन कार्यालय दमकका अनुसार, ३३ किलोमिटर लामो यस सडकको अहिले सम्म करिब ५० प्रतिशत मात्र प्रगति भएको छ। पहिलो खण्डमा ६० प्रतिशत काम पूरा भइसकेको भए पनि, कालोपत्रेका लागि तयारी अवस्थामा रहेको सडकमा निरन्तर पानी पर्ने र अन्य विभिन्न कारणले काम रोकिएको छ। दोस्रो र तेस्रो खण्डमा क्रमशः ६० प्रतिशत र २२ प्रतिशत मात्र प्रगति भएको छ, र यी खण्डहरूमा कालोपत्रेको काम अझै सुरु भएको छैन।

सडक निर्माणको कामलाई पुनः सुरु गर्नका लागि नयाँ प्रक्रियामा जाने तयारी भैरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। २०४९ सालदेखि निर्माणाधीन रहेको यस सडक परियोजनामा विभिन्न समयहरूमा उपभोक्ता समिति गठन गरी काम अघि बढाउने प्रयास भए तापनि, हालसम्म पनि यो कार्य पूरा हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित