इलाममा लिनै नपुगेपछि कार्यालयमै थुपीयाे राष्ट्रिय परिचय पत्र

इलाम । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका सेवाग्राहीहरू समयमा परिचयपत्र लिन नआउँदा जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रको थुप्रो लाग्न थालेको छ। इलामका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाका अनुसार, अहिले सम्म ३० हजार ५१० राष्ट्रिय परिचयपत्र कार्यालयमै रहेको छ, जसमध्ये पाँच हजार ८७८ परिचयपत्र मात्र वितरण गरिएको छ।

तिम्सिनाका अनुसार, धेरै सेवाग्राहीहरूले परिचयपत्र लिन नआउने कारणमा परिचयपत्रको नम्बरको प्रयोग धेरै ठाउँमा काम चल्ने गरेको देखिन्छ। फोटो खिचेपछि सेवाग्राहीको मोबाइलमा नम्बर आउने र उक्त नम्बरले आवश्यक काम सम्पन्न हुने हुँदा परिचयपत्र लिन सेवाग्राहीहरू नआएका हुन्।

यसको समाधानका लागि गृह मन्त्रालयले पालिका वा वडासम्मै पुगेर परिचयपत्र वितरण गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बाँकी रहेको छ। यद्यपि, परिचयपत्र वितरण गर्न पालिका वा वडामा जान पनि त्यति सजिलो छैन किनभने सम्बन्धित व्यक्तिले आफैँ उपस्थित भएर औँठा छाप र आँखाको रेटिना ‘रिड’ गरेर मात्र कार्ड प्राप्त गर्न सक्छन्।

प्रतिक्रिया

सम्बन्धित