पाकिस्तानको संसदमा बिरालो तर्सिने मुसा, नियन्त्रण गर्न १२ लाख बजेट

एजेन्सी । पाकिस्तानको संसदले यतिबेला ठूलो समस्याको सामना गरिरहेको छ। रोचक त के छ भने यो न कुनै राजनीतिसँग सम्बन्धित छ न त कुनै सामाजिक वा आर्थिक एजेन्डासँग।  संसदले झेलिरहेको वास्तविक समस्या मुसा आतंक हो।

मुसाले नयाँ सांसदहरूलाई त्राहिमाम बनाएको छ। नेताका कार्यालहरुमा सांसदहरुको भन्दा बढी मुसाको चहलपहल छ।एक आधिकारिक कमिटीले सन् २००८ मा भएको बैठकको अभिलेख माग गरेपछि संसदको मुसा आतंक बाहिर आएको हो। जब रेकर्ड फाइल खोज्न थालियो अनि थाहा भयो कि अधिकांश फाइल मुसाले खाइसकेछन्।

राष्ट्रिय सभाका प्रवक्ता जफर सुल्तानले बिरालो नै डराउने मुसाले सताइरहेको बताए। उनले भने, ‘यहाँ यति ठूला मुसा छन् कि बिरालाहरू पनि डराउँछन्।’धेरैजसो मुसा भवनको पहिलो तल्लामा रहेको छ । सिनेटमा प्रतिपक्षी दलका नेताको कार्यालय मात्र नभई अधिकांश राजनीतिक दल र स्थायी समितिको बैठक पनि यहीँ बस्ने गरेको छ ।

यस क्षेत्रमा क्यान्टिन पनि छ। दिउँसो संसदमा मानिसहरू उपस्थित हुँदा मुसा देखिँदैनन् । तर राति धेरै नोक्सान गर्छन्। ‘साँझमा कोही नहुँदा मुसा म्याराथन जस्तै दौडिन्छन्’ राष्ट्रिय सभाका एक अधिकारीले भने,‘यहाँ काम गर्ने कर्मचारीलाई बानी परेको छ, तर पहिलो पटक यहाँ आउनेको सातो जान्छ।’

पाकिस्तानमा यो समस्या यति बढेको छ कि हललाई मुसामुक्त गर्न वार्षिक १२ लाख पाकिस्तानी रुपैयाँ बजेट छुट्याइएको छ।यसका लागि पाकिस्तानी पत्रपत्रिकामा विज्ञापन पनि जारी गरिएको छ । जसका कारण मुसा नियन्त्रणमा सहयोग पुग्ने किसिमको कीट नियन्त्रण कम्पनी खोज्ने प्रयास भइरहेको छ ।हालसम्म दुई कम्पनीले मात्रै समस्या समाधान गर्न चासो देखाएका बिबिसीले उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित