दिनभर घटेको नेप्से अन्तिममा २.११ अंकको बढेर बन्द, १८ अर्बको कारोबार

काठमाडाैं । बुधबार सेयरबजार परिसूचक नेप्से २.११ अंकले बढेर २९६८.४४ अंकमा बन्द भएको छ।दिनभर राताम्मे बनेको बजारमा अन्तिम समयमा भने लगानीकर्ताले सेयर माग बढाउँदा बजार हरियो बनेर बन्द हुन पुग्यो।आइतबार करेक्सन देखिएको सेयरबजारमा सोमबार र मंगलबारको सार्वजनिक विदा पछि बुधबारको बजारमा पनि त्यसको प्रभाव देखिएको हो।

नेप्से ३ हजार पुग्दा नाफा निकाल्न व्यस्त लगानीकर्ताले बुधबार पनि सोहि कार्यलाई निरन्तरता दिदा बजारले अपेक्षित बृद्धि लिन सकेन।अन्तमा झिनो अंकले नेप्से बढ्दा लगानीकर्ताले कुल १८ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार गरेका छन्। जसमा सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्सको कारोबार भएको छ। यो कम्पनीको लगानीकर्ताले आज मात्रै ६६ करोड रुपैयाँको कारोबार गरेका हुन्। 

नाफा कमाउनेमा भने आज कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,रिलायन्स फाइनान्स र डोल्टी पावर कम्पनी अगाडि छन्।यी कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा कर्णाली विकास बैंकको मूल्यमा भने नकारात्मक सर्किट लागेको हो।

प्रतिक्रिया

सम्बन्धित