बंगाली अभिनेत्री मिमी चक्रवर्तीलाई बलात्कारको धम्की

एजेन्सी । आफूलाई अनलाइनबाट बलात्कारको धम्की आएको दाबी गरेकी छन्।भारतीय राजनीतिक दल तृणमूल कांग्रेस (टीएमसी) की पूर्वसांसद तथा बंगाली अभिनेत्री मिमी चक्रवर्तीले आफूलाई अनलाइनबाट बलात्कारको धम्की आएको दाबी गरेकी छन्।

उनले आफूलाई यसरी बलात्कारको धम्की आउनुपछाडि कोलकाता प्रकरणमा डाक्टरहरूले गरिरहेको आन्दोलनलाई आफूले समर्थन गर्नु कारण रहेको बताएकी छन्। मिमी चक्रवर्तीले आफ्नो आधिकारिक एक्स खातामा प्राप्त धम्कीको स्क्रिनसट सार्वजनिक गरेकी छन्। 

पछिल्लो समय यस्ता धेरै धम्कीपूर्ण कमेन्ट आइरहेको उनको भनाइ छ। उनले आफ्नो पोस्ट कोलकाता पुलिसको साइबर क्राइम डिभिजनलाई ट्याग गरेकी छन्। 

प्रतिक्रिया

सम्बन्धित