झापामा श्रीमतीकाे हत्या गरी फरार ओम प्रकाश पक्राउ

झापा । आफ्नै श्रीमती ३० वर्षीया रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-८ शिवालय टोल बस्ने ४७ वर्षीय ओम प्रकाश अधिकारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ओम प्रकाशले घरायसी बिवादको कारण खुकुरी प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम प्रकाशलाई खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित