इटहरी नमुना कलेजका विद्यार्थीहरूलाई मनाेसामाजिक परामर्श तालिम ( तस्विरहरू)

इटहरी । सुनसरीकाे इटहरीस्थित नमुना कलेजले सामाजिक संकायका करिब ४० जना विद्यार्थीहरूलाई मनाेसामाजिक परामर्श तालिम प्रदान गरेकाे छ ।

विद्यार्थीहरूलाई मनाेसामाजिक क्षेत्र र विषयहरू पहिचान गर्न र परामर्शका विधि, प्रकृयाहरूलाई प्रयाेगात्मक रूपमा सिक्न र अभ्यास गर्न याे तालिम प्रदान गरिएकाे हाे ।साउन २४ गते देखि शुरूभएकाे उक्त तालिम भाद्र २ गते सम्पन्न भएकाे हाे । 

मनाेसामाजिक परामर्शकाे क्षेत्रमा लामाे समयदेखि काम गरिरहेकी मन्जिता उपाध्यायले तालिमकाे सहजिकरण एवम प्रशिक्षण प्रदान गरेकि थिइन ।तालिमकाे समापन कार्यक्रममा सहभागि विद्यार्थीहरूले आफ्नाे सिकाईकाे अनुभवहरू प्रस्तुत गरेका थिए ।

याे तालिमले बिद्यार्थी जिवनमा थप उर्जा प्रदान गर्ने कलेल अन्तरगत सामाजिक संकायका विभागिय प्रमुख नितेस गाैतमकाे भनाई छ ।   कार्यक्रममा कलेजका क्याम्पस प्रमुख धर्म न्याैपानेले विद्यार्थीहरूलाई यस्ता तालिमहरूकाे प्रभावकारिता र कलेजले गुणात्मक सिकाईकाे लागि गरिरहेकाे प्रयासकाे बारेमा बताए । 

पुर्वकाे शैक्षिक गन्तव्य र विद्यार्थीहरूकाे राेजाईमा पर्न सफल   ईटहरी नमुना कलेजले गुणात्मक शिक्षाकाे अभियानमा विद्यार्थीहरूलाई सिप, ज्ञान र संस्कार अभिवृद्धिमा सँगसँगै जाेडदै लगिरहेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित