महिला टी– २० विश्वकप यूएईमा हुने, आयोजक बंगलादेश नै रहने

काठमाडाै । आईसीसी महिला टी– २० विश्वकप, २०२४ यूएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकप अब यूएईमा हुने भएको आईसीसीले जानकारी दिएको छ ।

अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी–२० विश्वकप यूएईको दुबई र शारजाहमा हुने भएको छ । आईसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट यूएईमा सरेको दिँदै आयोजक भने बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।

बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता यूएई सारिएको आईसीसीले जनाएको छ । यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।   

प्रतिक्रिया

सम्बन्धित